दार्चुला । नेकपा एमालेको लेकम गाउँपालिका कमिटी पुनःगठन गरिएको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा बुधबार सम्पन्न गाउँकमिटी बैठकले पदाधिकारी हेरफेर गर्दै समिति पुन:गठन गर्ने निर्णय गरेको हो ।
निवर्तमान गाउँकमिटी अध्यक्ष केशवराज बिष्टलाई उपल्लो कमिटीमा पठाउन पहल गर्ने सहमति भएको एमाले जिल्ला कमिटी उपसचिव खडक वडालले बताउनुभयो । नयाँ पालिका कमिटी अध्यक्षमा पुष्पराज जोशी सहमतिमै चयन हुनुभएको छ । यस्तै निवर्तमान सचिव देवानसिंह कार्कीलाई उपाध्यक्ष चयन गरिएको छ भने सचिवमा हरिशचन्द्र जोशीलाई चयन गरिएको छ । उपसचिवमा बल्देबसिंह साउद र सम्झना धमला चयन हुनुभएको छ । निवर्तमान गाउँकमिटीले स्थानीय तह निर्वाचनमा कमजोरी गरेको तथा सक्रियता कम देखाएको भन्दै अधिकासं कार्यकर्ताहरूबाट कमिटी पुन:गठनको माग गरिएको थियो । छ वटै वडा कमिटी र पालिका कमिटी बैठकबाट प्राप्त सुझाबको आधारमा पालिका कमिटी पुन:गठन गरिएको नेताहरूले बताएका छन् ।
स्थानीय तह निर्वाचनको समिक्षा, आगामी रणनीतिको तयारी, संगठित सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको वारेमा बैठकमा छलफल गरिएको र कार्यकर्ताहरूकै माग र सुझाबको आधारमा पदाधिकारी फेरबदल गर्दै गाउँकमिटी पुन:गठन गरिएको एमाले जिल्ला कमिटी उपसचिव खडक वडालले बताउनुभयो । एमाले प्रदेश कमिटी सदस्य दानिराम पार्कीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको बैठकमा जिल्ला कमिटी उपसचिव बडालको विशिष्ट आतिथ्यता रहेको थियो । पालिका कमिटी पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको उक्त बैठकमा सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । लेकममा एमालेलाई थप शसक्त बनाउन र संगठन विस्तार गर्न सबै कार्यकर्तालाई प्रशिक्षण समेत गरिएको उहाँले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा पालिका कमिटी र अन्य विभिन्न व्याक्ति र संस्थाको कमजोरीका कारण अध्यक्ष पदमा पराजय व्यहोर्नुपरेको अधिकासं कार्यकर्ताको भनाई रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया