दार्चुला । उद्योग बाणिज्य संघ दार्चुलाको जिल्ला कार्यसमिति बैठक सम्पन्न भएको छ । बैठकले यहि साउन ८ देखि ११ बजेसम्म आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोलीले दार्चुलामा आएर सेवा प्रवाह गरेकोमा कर कार्यालय र करको टोलीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ। उक्त सेवा शिविरबाट ११ सय बढी सेवाग्राहीले उद्योग तथा व्यवसाय सम्बन्धि सेवा पाएको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो ।
यस्तै दार्चुला सदरमुकाम खलंगामा रहेको एन.पी सिलाई सेन्टरमा चोरी भएकोले सिलाई सेन्टरका सञ्चालकलाई उद्योग बाणिज्य संघको तर्फबाट राहत प्रदान गर्ने निर्णय गरिएको छ । सिलाई सेन्टर सञ्चालक शान्ति देबी पाल एकल महिला समेत रहेकोले सान्त्वना स्वरूप ५ हजार नगद राहत रकम प्रदान गरिएको उद्योग बाणिज्य संघ दार्चुलाका महासचिव सर्पराज बडूले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापाले उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो ।
दार्चुला सदरमुकाम खलंगामा चोरीका घटना बढ्दै गएकाले जिल्ला प्रहरी र प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको उद्योग बाणिज्य संघ दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया