दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर १ मा साङपाङ क्षेत्रस्थित नौगाड नदीमा खसेर एक महिला बेपत्ता हुनुभएको छ । शुक्रबार बिहान घरबाट नजिकको जंगलमा जाने क्रममा स्थानीय अन्दाजी ३२ वर्षीया अनितादेवी ठगुन्ना नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
प्रहरीका अनुसार घर नजिककैको गोधानी जंगलमा घाँस काट्ने बेला उहाँ नौगाड नदीमा खसेर बेपत्ता हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरका अनुसार बिहान करिब साढे ८ बजेतिर घरदेखि अन्दाजी १ घण्टाको पैदल दूरीमा रहेको गोदानी जंगलमा घाँस काट्ने क्रममा ५ सय मिटर तल नौगाड नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
बेपत्ता महिलालाई खोज्न दल्लेखबाट प्रहरी टोली खटिएको भए पनि शुक्रबार दिउँसोसम्म नभेटिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया