गोकुलेबाट-खलंगा जादै गरेको जीप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु, पुष्टि हुन बाँकी

दार्चुला । गोकुलेश्वरबाट दार्चुला जादै गरेको जीप दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा जीप दुर्घटना हुँदा घटनास्थलमै कम्तिमा पाँच जनाको ज्यान गएको प्रारम्भीक खबर प्राप्त भएको छ । यद्धपी मृतकबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ ।

गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको बताइएको छ । अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ । उद्धारको कार्य चलिरहेकोले घटनाको क्षतिबारे एकिन विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतक्षदर्शीहरुका अनुसार एक महिलासहित पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण प्राप्त हुने क्रममा रहेको छ ।

तस्बिर सौजन्य: पत्रकार गणेशसिंह धामी

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?