शैल्यशिखरद्धारा श्वेतपत्र जारी, अघिल्लो सरकारको पालामा करोडौँ बेरूजु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेको छ । सोमबार (दिउँसो) नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाले श्वेतपत्र जारी गरेको हो।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन भएपश्चात् नगरपालिकामा नयाँ जनप्रतिनिधी आएसंगै यसअघिको सरकारले गरेका काम कार्बाहीलाई श्वेतपत्र मार्फत् जनतासामु पर्याउन पत्रकार सम्मेलनको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख विजयसिंह धामीको अध्यक्षतामा शैल्यशिखर नगरपालिकाले जारी गरेको श्वेतपत्रमा यसअघिका सरकारले पाँच बर्षमा गरेका कामहरु देखाउन खोजिएको छ । जहाँ अघिल्लो सरकारले पछिल्ला पाँच बर्षमा गरेका भ्रष्टाचारका सय बढि चाङ, आर्थिक अनियमिताका तथ्यांक, बेरुजुका हिसाबहिताब तथा सरकारी कोषको दुरुपयोग क-कसले, कसरी र कतिसम्म गरेको थियो भन्ने तथ्यमा रहि देखाउन खोजिएको शैल्यशिखर नगरपालिकाका प्रवक्ता भरतबहादुर खडायतले बताउनुभयो । साथै अहिलेको सरकारका आगामी योजनाहरुका बारेमा समेत नागरिकलाई सुसूचित गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको प्रवक्ता खडायतले बताउनुभयो ।

श्वेतपत्रमा आर्थिक बर्ष २०७८।७९ सम्मको कूल असुल उपर रकम र अनियमित बेरुजु रकम गरि रु. २९ करोड १२ लाख ९० हजार रुपैँया रहेको श्वेतपत्रले देखाएको छ । यस्तै ऐन, नियमावली बिपरित विलासिताका सामान खरिदमा नगरप्रमुख र उपप्रमुखले मात्रै ३४ लाख भन्दा बढि सरकारी ढुकुटी रित्याएको श्वेतपत्रमा उल्लेख छ ।

अघिल्लो सरकारका आर्थिक चलखेलका घटना त बाहिर ल्याउनु भयो, अब के गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदैँ मेयर विजयसिंह धामीले अब बस्ने कार्य कार्यपालिकाको बैठकले सोहि विषयमा छलफल गर्दै कारबाहीका लागि नियामक निकायमा निवेदन दिने तयारी रहेको बताउनुभयो । नगरपालिकाका समस्याहरू समाधान गर्दै चौतर्फी विकासमा ध्यान दिने र बेरूजु रकम असुल गर्न पत्राचार गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?