शैल्यशिखर नगरपालिकाले बजारको फोहोर उठाउन थाल्यो, ठूलसैनमा डम्पिङ साइट बनाइने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले फोहोर व्यवस्थापन थालेको छ । नगरपालिकाको केन्द्र गोकुलेश्वर बजारमा मुख्य समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन गर्न शैल्यशिखर नगरपालिकाले अभियान थालेको जनाएको छ । फोहोर व्यवस्थापन नहुदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएर दैनिक जनजीवन समेत प्रभावित भइरहेको गुनासो बढेको बेला नगरपालिकाले फोहोर व्यवस्थापन गर्न थालेको हो ।

बुधबार (आज) देखि सफाइ कर्मचारीहरुले गोकुलेश्वर बजारको फोहोर उठाउन थालेको नगरप्रमुखको सचिवालयका सदस्य राजेशसिंह बिष्टले जानकारी दिनुभयो । बजार क्षेत्रको फोहोर उठेपछि स्थानीयले धन्यबाद ज्ञापन गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ ठूलसैनमा डम्पिङ साइट बनाउने गरी तयारी अगाडी बढाइएको छ, बिष्टले भन्नुभयो, पूर्ववर्ती सरकारको पालादेखी थुप्रिएको गोकुलेश्वर बजारको फोहोर बर्तमान सरकारको अगुवाइमा उठ्न थालेको छ । सफा र सुन्दर नगर निर्माणका लागि स्मार्ट एक्सनमा नगर प्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायत लगायत नगरकार्यपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिएको उहाँको भनाई छ ।

शैल्यशिखर नगरपालिका स्थापना भएको छ बर्ष बितेपनि अहिलेसम्म डम्पिङ साइटको व्यवस्थापन हुन सकेको छैन् । दोस्रो स्थानीय तह निर्वाचनपछि विजय धामी नेतृत्वमा बनेको स्थानीय सरकारले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण कार्यलाई प्राथमिकतामा राखेको बिष्टले बताउनुभयो । अहिले अस्थाइ रुपमा फोहोर व्यवस्थापन गर्ने गरी बजार क्षेत्रबाट फोहोर संकलन गर्न थालिएको छ । छिटै डम्पिङ साइट तयार गरेर फोहोरको दिर्घकालिन व्यवस्थापन र समाधान खोज्ने लक्ष्यका साथ काम भइरहेको नगरप्रमुख धामीले बताउनुभयो ।

फोहोरमैलाको दिर्घकालिन समाधान खोज्न स्थानीयले अनुरोध गर्दै आएका छन् ।

सायद ७ जना मानिसहरू, रूख तथा बाटो को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद बाटो को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, मोटरसाईकल, रूख, बाटो तथा मार्ग को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?