दार्चुला । नेकपा (एमाले) दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र १(२) अर्थात (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । एमाले दार्चुलाका संस्थापक एबं पूर्वअध्यक्ष समेत रहनुभएका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस हुनुभएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशीले जानकारी दिनुभयो ।
प्रदेशसभा क्षेत्र १(१) अर्थात (क) का लागि प्रतक्षतर्फ र दुबै प्रदेश सभा क्षेत्रमा समानुपातिकतर्फ उम्मेदवार सिफारिसका लागि छलफल जारी रहेको नेकपा (एमाले) दार्चुलाले जनाएको छ ।
सोमबार (आज) एमालेको जिल्ला कमिटी बैठकमा उम्मेदवार सिफारिस लगायत विविध विषयमा छलफल भैरहेको छ । दार्चुला एमालेबाट प्रतिनिधिसभामा प्रतक्षतर्फ गणेशसिंह ठगुन्ना यसअघि नै निर्विरोध सिफारिस भइसक्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया