डिलाशैनीमा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ नगराउँकी ५२ बर्षीया गौरा जोशीको विहिबार (आज) बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान घर नजिकैको धरापानी वनमा घाँस काट्न गएका बेला जोशीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताउनुभयो । दार्चुला, बैतडी लगायत सुदूरपहाडमा घाँस काट्ने क्रममा भीरबाट लडेर बर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?