दार्चुलामा डेंगु संक्रमणबाट पाँच बर्षीया बालिकाको ज्यान गयो, सतर्कता अपनाउन अनुरोध

दार्चुला । डेंगु संक्रमणबाट दार्चुलामा पाँच बर्षीया एक बालिकाको ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथकी उषा धामीको मृत्यु भएको पस्ती स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत डा. निराजन बोहराले जानकारी दिनुभयो ।

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुलामा चेकजाँच गर्दा उनमा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको डा. बोहराले बताउनुभयो । जिल्ला अस्पतालमा भर्ना नगरी उनका अभिभावकले उषालाई घरमा ल्याएका थिए । मंसिर २१ गते पस्ती अस्पतालमा भर्ना गरिएकी उषाको बिहीबार बिहान मृत्यु भएको हो ।

उषामा डेंगु र स्क्रब टाइफस दुवै पोजेटिभ देखिएकाले उनी जटील अवस्थामा अस्पताल पुगेकी थिइन् । डेंगु संक्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर विरामीको मृत्यु हुने गरेको बताइएको छ ।

दार्चुलामा पछिल्लो समय डेंगुका बिरामीको संख्या बढ्दै गएकोले सतर्कता अपनाउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छ । घरवरपर सरसफाइन गरिराख्न, पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउन स्वास्थ्यकर्मीले सुझाएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?