आजदेखि गोकुलेश्वरमा आखा शिविर सञ्चालन

दार्चुला । दार्चुलाको गोकुलेश्वर माबिमा आज (शनिबार) देखि आखा शिविर सञ्चालन भइरहेको छ । शिविरमा सेवा दिनका लागि इस्मत अधिकारी नेतृत्वमा १५ जनाको टोली गोकुलेश्वर आइपुगेको छ । नेपाल नेत्रज्योति संघद्धारा संञ्चालित गेटा आखा अस्पतालले शैल्यशिखरको गोकुलेश्वरसहित दार्चुलाका तीन पालिकामा आखा शिविर संञ्चालन गर्ने भएको छ ।

गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तका अनुसार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको सहकार्यमा गोकुलेश्वर, पस्ती र खलंगामा आखा शिविर संञ्चालन गर्ने तयारी भएको छ । गोकुलेश्वर माबिमा आज भदौ २५ गतेदेखि २७ गतेसम्म शिविर सञ्चालन हुने शिविर संयोजक नरेन्द्र बिष्टले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिकाको शंकरपुर मावि पस्तीमा भदौ २९ र ३० गते र महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगामा असोज १ देखि ३ गते सम्म शिविर संञ्चालन हुने उहाँले बताउनुभयो । आखा शिविरमा मोतिविन्दु लगायतका आखा सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया तथा औषधि उपचार गरिने, चश्माको आवश्यकता भएका विरामीलाई सुपथ मुल्यमा चश्मा उपलब्ध गरिने उहाँको भनाई छ । शिविरमा सहभागि भइ सेवाको मौका लिनुहुन आखाका रोगीहरुलाई आयोजनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?