दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले क्षती गरेको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा पहिरोमा परी किम्ति ठगुन्ना बेपत्ता भएको खबर प्राप्त भएको छ ।
पहिरोमा परी अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । उद्धार कार्य जारी रहेकोले घटनाबारे खबर प्राप्त हुने क्रममा रहेको छ ।
सल्ला क्षेत्रमा सञ्चार सम्पर्क गर्न समेत कठिन भइरहेको नौगाडबाट लोकदर्पण समाचारदाता श्याम धामीले बताउनुभयो ।
पहिरोमा परी केही मानिस घाइते भएकोले प्रभावकारी उद्धारका लागि पहल भइरहेको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग मन्त्री मानबहादुर धामीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया