चट्याङ लागेर ३६९ भेडाको मृत्यु, एक पुरुष घाइते

दार्चुला । दार्चुलाको नौगाडमा चट्याङ लागेर ३६९ भेडाबाख्राको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३६९ भेडाबाख्राको चट्याङ परेर ज्यान गएको स्थानीय प्रेमसिंह धामीले बताउनुभयो ।

चट्याङ लागेर भेडापालक झुने महता घाइते भएका छन् । नौगाडको वडा नम्बर ४ का डम्बरसिंह धामी, विरसिंह ठगुन्ना, झुने महता, विरभान ठगुन्ना र मार्मा गाउँपालिका वडा नम्बर ५ का रामचन्द्र महता, लोचन महता र नरेन्द्र महताले संयुक्त रुपमा ४४२ भेडा पालेका थिए । ४४२ भेडामध्ये ७३ भेडाबाख्रा मात्रै जीवित भेटिएको पशुधनीहरुलाई उद्धित गर्दै नौगाडबाट लोकदर्पण समाचारदाता कुमार ठगुन्नाले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?