बिहान घाम लागे पनि दिउँसो पानी पर्ने

दार्चुला । देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार केही समयपछि नै मौसम बदली हुने सम्भावना छ । आज दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ ।

तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दिउँसो आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै, राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

पर्सिदेखि मनसुनी गतिविधि थप सक्रिय हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनसँगै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?