दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आइतबार सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको छ । किशोरी, महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले सुआहारा दोस्रो कार्यक्रम संचालनमा रहेकोे छ । स्थानीय साझेदार संस्था सिआरडिएसमार्फत दार्चुलामा पनि बहु–क्षेत्रीय पोषण योजना अन्तरगत कार्यक्रम सञ्चालनमा रहेको छ ।
२०१६ अप्रिल देखि हालसम्म सुआहारा कार्यक्रमले स्वास्थ्य र पोषणको क्षेत्रमा काम गरिरहेको छ । सुआहाराले गर्दै आएका हालसम्मका राम्रा अभ्यास, सिकाई र चुनौती तथा अवसरका बारेमा छलफल गर्दै एक दिने सिकाई आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको सुआहारा दार्चुलाका कार्यक्रम संयोजक बिरबहादुर बोहराले जानकारी दिनुभयो । कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व ग्रहण गर्दै पालिकाको तर्फबाट पनि यो क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेको उहाँले बताउनुभयो ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता रहेको थियो । लेकम क्षेत्रमा सुआहारामार्फत राम्रो काम भएको भन्दै सुआहारा र स्थानीय साझेदार संस्था सिआरडिएसलाई लेकम गाउँपालिकाले प्रशंसा पत्र समेत प्रदान गरेको छ । गोष्ठीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्ट, वडाअध्यक्षहरु, गाउँकार्यपालिका सदस्य र विषयगत शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । सुआहाराले यसअघि दार्चुलामा कार्यक्रम सञ्चालनमा रहेका विभिन्न पालिकाहरुमा सिकाई आदानप्रदान कार्यशाला गोष्ठीको आयोजना गरिसकेको जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया