बाढीप्रभावित क्षेत्रमा एमालेको श्रम शिविर, सासंद ठगुन्नाद्धारा पीडितहरुसंग भेटघाट

दार्चुला । बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको दार्चुलामा नेकपा (एमाले) ले आज (सोमबार) देखि श्रम शिविरको आयोजना गरेको छ । महाकाली नगरपालिका वडा नम्बर १ र ४ को लास्कु खोला कटान रोक्न, सडक खुलाउन र नदीको जोखिम नियन्त्रण गर्न एमालेले श्रम शिविरको आयोजना गरेको जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिनुभयो ।

दार्चुला सदरमुकाम खलंगामा उपलब्ध भएका सबै सदस्यलाई शिविरमा सहभागि हुन अनुरोध गरिएको उपसचिव बडालले बताउनुभयो । सोमबार विहान ८ बजे कैलाशपती निमाविमा भेला भएपछि एमाले कार्यकर्ताहरु तटबन्ध निर्माणमा खटिएको शिविरमा सहभागि युवा नेता गोबिन्द धामीले बताउनुभयो । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना आइतबार बेलुकी काठमाण्डौँबाट दार्चुला आइपुगेपछि एमालेको पदाधिकारी बैठक बसेर पीडितहरुको घाउमा मलम लगाउन र नदीको जोखिम नियन्त्रण गर्न नेता कार्यकर्ता परिचालन गर्ने निर्णय भएको थियो ।

सोमबार विहानैदेखि नेता, कार्यकर्ताहरु स्वस्फूर्त रुपमा तटबन्ध निर्माणमा खटिएको र सासंद ठगुन्नाले बाढी पीडितहरुसंग भेटघाट समेत गरेको बताइएको छ । बाढीपीडित क्षेत्र महाकाली नगरपालिका वडा नम्बर १, २, ३ र ४ (लास्कु, डुङ्गरी, बडाली गाँउ) क्षेत्रको अनुगमन तथा बाढीपीडितहरु सँग भेटघाट गरि उनिहरुको गुनासा सुनिएको सासंद ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले बताउनुभयो ।

एमाले दार्चुलाले बाढीपहिरो पीडितका लागि राहत संकलन तथा वितरण गर्नका लागि समेत अभियान थालेको छ । जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीको संयोजकत्वमा समिति बनाएर काम थालेको उपसचिव बडालले बताउनुभयो ।

सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, बच्चा, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?