दार्चुला । आज राति सुदूरपश्चिमसहित देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही न्यून चापीय रेखाको प्रभावका कारण आज बिहानैदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
आउँदो शनिवारसम्म नै देशभर पानी पर्ने र कतै–कतै अतिभारी वर्षा र भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । शनिवार बेलुकादेखि भने पानी पर्न बिस्तारै कम हुँदै जाने मौसमविद् भट्टराईले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया