दार्चुलामा परिचयपत्रका लागि २३ हजारको विवरण दर्ता

दार्चुला । दार्चुलाका विभिन्न स्थानीय तहहरूबाट राष्ट्रिय परिचयपत्रका लागि दार्चुलामा २३ हजार बढीको विवरण दर्ता गरिएको छ। एक महिना अघिबाट सुरु गरिएको दर्ता संकलन कार्य अहिले चार स्थानीय तहमा चालु रहेको प्रशासनले जनाएको छ।

चार स्थानीय तहबाट २३ हजार ४ सय ६० जनाको विवरण संकलन भएको पञ्जीकरण विभागका दर्ता अधिकारी तपेन्द्रसिह घटालले जानकारी दिनुभयो। उहाँका अनुसार महाकाली नगरपालिका, मालिकार्जुन, नौगाड र लेकम गाउँपालिकामा राष्ट्रिय गरिएको पत्र विवरण दर्ता संकलन कार्य चालु रहेको छ।

महाकाली नगरपालिकामा ६ हजार ३० जनाको विवरण दर्ता भएको छ। शैल्यशिखर नगरपालिकामा ७ हजार ६५९ जनाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य भएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ५ हजार ५ सय ५४ जना तथा लेकम गाउँपालिकामा ३ हजार ८ सय ६५ जनाको परिचय पत्र विवरण दर्ता संकलन गरिएको पञ्जीकरण विभागका दर्ता अधिकारी घटालले बताउनुभयो ।

बुधबारबाट नौगाड गाउँपालिकामा दर्ता संकलन सुरु भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?