दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर र मालिकार्जु गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सम्बन्धित स्थानीय तहको सहयोग र गेटा आँखा अस्पतालको आयोजनामा गोकुलेश्वरमा तीन दिने र पस्तीमा दुई दिने आँखा शिविर सम्पन्न भएको हो । असोज १ गते शनिबार देखि ३ गते सोमबारसम्म खलंगामा आँखा शिविर आयोजना हुदैछ ।
गोकुलेश्वरमा सञ्चालित शिविरबाट एक हजार १३९ जनाको आँखा परीक्षण गरिएकोमा १९७ जनाको शल्यक्रिया गरिएको थियो । पस्तीमा ८९४ जनाको आँखा परीक्षण गरिएकोमा ७६ जनाको शल्यक्रिया गरिएको छ । गोकुलेश्वर र पस्ती दुबै ठाउँमा दुई हजार ३३ जनाको आँखा परीक्षण गरिएकोमा २७३ जनाको आँखाको शल्यक्रिया गरिएको र आँखाको ज्वोति कमजोर भएकालाई चश्मा वितरण गरिएको शिविर संयोजक नरेन्द्र बिष्टले बताउनुभयो ।
शिविरमा उत्साहजनक सहभागिता पाइएको छ । गेटा आँखा अस्पतालका डा. स्मद अधिकारीको नेतृत्वमा १५ जनाको टोलीले सेवा दिइरहेको छ । शनिबार (भोलि) देखि खलंगामा महाकाली नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएकोले सेवा लिन आँखाको समस्या भएकाहरुलाई अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया