दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा आज आइतबार बिहान से १ ज १०७८ नम्बरको जीप दुर्घटना भएको हो।
घाइते हुने मध्ये चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबिर टमटा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
घाइते मध्ये जीप चालक धामीको अवस्था गम्भीर रहेको र उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया