दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा सोमबार (भोलि) नेकपा (एमाले) ले कार्यकर्ता भेलाको आयोजना गरेको छ । सोमबार विहान ११ बजे गोकुलेश्वरमा आयोजना हुने नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्टिय युवा संघ नेपाल दार्चुलाका इन्चार्ज कोमल बिष्टले जानकारी दिनुभयो ।
अगामी मंसिर ४ गतेको निर्वाचन लक्षित कार्यकर्ता भेलामा नेता ठगुन्नाको प्रमुख आतिथ्यतासहित जिल्ला स्तरीय नेताहरुको आतिथ्यता रहने भएकोले उपस्थितिका लागि सबै कार्यकर्तालाई अनुरोध गरिएको बिष्टले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा एमालेले दार्चुलाबाट नेता ठगुन्नालाई सर्बसम्मत सिफारिस गरेको छ भने शैल्यशिखर, मार्मा, अपिहिमाल र नौगाडको भूगोल समेटिएको प्रदेशसभा क्षेत्र नम्बर ख (२) का लागि एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशीलाई सिफारिस गरिएको छ । एमाले उम्मेदवारलाई जिताउन प्रशिक्षण भेलाले रणनीति समेत तय गर्ने नेताहरुले बताएका छन् ।
यस्तै मंगलबार पर्सी मार्मा गाउँपालिकाको लटिनाथमा पालिका स्तरीय कार्यकर्ता भेलाको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई पूर्वमन्त्री एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना लगायत नेताहरुले सम्बोधन गर्ने तयारी रहेको एमाले प्रदेश कमिटी सदस्य देवसिंह महरले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया