नौगाडमा जिप दुर्घटनाः गम्भीर घाइते तीन जना धनगढी रेफर

दार्चुला । दार्चुलाको नौगाडमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटनामा परेर चालकसहित चार जना घाइते भएको लोकदर्पण समाचारदाता श्यामसिंह धामीले जानकारी दिनुभयो ।

होपरीदेखि सिप्टी जाँदै गरेको जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । जिप दुर्घटनामा परी घाइते भएका चार जना मध्ये तीन जना घाइतेलाई धनगढी रेफर गरिएको छ भने एक जनाको गोकुलेश्वर अस्पातलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका नौगाड ४ होपरीका जिप चालक धनबहादुर धामी, सोही ठाउँका कमलेश टमटा र धनबीर ठगुन्नालाई धनगढी रेफर गरिएको छ । यस्तै नौगाड ४ का सुरेश ठगुन्नाको भने गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कच्ची सडकमा बर्षातले सडक हिलाम्य भएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगरले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?