शैल्यशिखरमा एमालेको कार्यकर्ता भेला, समाजवादीका अजब बिष्टसहित ७० जना पार्टी प्रवेस

दार्चुला । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा नेकपा (एमाले) को नगर स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न भएको छ । भेलामा नेकपा (एकिकृत समाजबादी) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अजब बिष्टसहित विभिन्न पार्टीबाट ७० जनाले एमालेमा प्रवेस गरेका छन् ।

नेकपा (एमाले) शैल्यशिखर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य, सुदूरपश्चिम प्रदेश सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । ठगुन्ना लगायत नेताहरुले नवप्रवेशीहरुलाई टिका लगाएमा पार्टीमा स्वागत गर्नुभयो । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ठगुन्नाले स्थानीय तह निर्वाचनमा जित हासिल गर्न/गराउन सफल सबैलाई बधाई तथा धन्यबाद ज्ञापन गर्दै मंसीर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा जित सुनिश्चित गर्नका लागि तयारीका साथ अगाडी बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । सुशासन, देशको विकास, राष्टियताको सुरक्षा, जनजीविका र सामाजिक सुरक्षाका सवालमा एमालेमात्रै जनभावना अनुसार काम गर्ने दाबी गर्दै उहाँले अगामी निर्वाचनमा जनता गठबन्धन नहेरी आम रुपमा नेकपा एमालेको पक्षमा गोलबन्द हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारले जनभावना अनुसार काम गर्ने र त्यसका लागि आवश्यक परे सहजिकरण गर्न आफु तयार रहेको उहाँको भनाई छ ।

नेता ठगुन्नाले जिल्लाको विकासका लागि विगतदेखि नै एमालेले प्रमुख भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेता ठगुन्नासंगै एमाले सुदूरपशिचम प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशी, जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायत नेता कार्यकर्ताले सम्बोधन गर्नुभएको थियो । भोलि मंगलबार मार्मा गाउँपालिकामा एमालेले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?