दार्चुला जीप दुर्घटनाः १८ वर्षीय युवाको मृत्यु, पाँच जनालाई उपचारका लागि लटिनाथ ल्याइयो

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड जादै गरेको मदन ठगुन्नाको जीप तिम्लामा दुर्घटना हुँदा एक युवाको घटनास्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय दिनेश सिंह धामी रहेका छन् । पाँच जनाको सकुशल उद्धार गरी मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिनुभयो । अपिहिमालको वडा नम्बर ५ का वडाअध्यक्ष राजेन्द्र धामीका अनुसार एक जनाको मृत्यु भएको छ भने केही फरार रहेका छन् ।

म १ ज २३३ नम्बरको बोलेरो जीप लटिनाथ बाट मकरिगाड जाँदै गर्दा अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउमा दुर्घटना भएर अन्दाजी दुई सय मिटर तल खसेको हो । प्रतक्षदर्शीका अनुसार जीपमा ९ जना यात्रु रहेको र ८ जनाले हाम फालेर ज्यान जोगाएका हुन् । हाम फाल्न नसकेर जीप संगै भिरमा खसेका एक जनाको ज्यान गएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको थियो । जनप्रतिनिधि, स्थानीय र प्रहरीको टोलीले उद्धार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने मृत्युबारे पुष्टि हुन बाँकी रहेको जनाएको छ । तिम्ला क्षेत्रमा राम्रोसंग सञ्चार सम्पर्क समेत नहुने भएकोले पूर्ण जानकारी प्राप्त गर्न ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?