दार्चुलासहित सुदूरपश्चिममा सोमबारसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा शनिबार (आज) देखि सोमबारसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियालाई उधृत गर्दै प्रदेशमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।

प्रदेशका दार्चुला, बैतडी, कञ्चनपुर लगायत क्षेत्रमा बढी वर्षा हुने पूर्वानुमान गरिएको सूचनामार्फत जनाइएको छ । मन्त्रालयले विपदमा खटिने सर्वसाधारण, सबै मन्त्रालय, विपद व्यवस्थापन समितिहरु, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा सबै सरोकारवाला र स्थानीयबासीलाई सतर्कता अपनाउन भनेको छ ।

पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?