दार्चुला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दार्चुलाको बार्षिक बजेट सार्वजनिकीरकण तथा परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख, स्थानीय तहका प्रमुख अध्यक्ष उपप्रमुख उपाध्यक्षहरु, कर्मचारी र सञ्चारकर्मी लगायत सरोकारवालाको उपस्थितिमा आज बार्षिक बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको परियोजनाका प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना दार्चुलामार्फत स्थापनाकालदेखि हाल सम्म १४ हजार २९१ जनसख्या लाभाविन्त भएका छन । कार्यालय स्थापनापछि अर्थात आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७७/७८ सम्म आंशिक रोजगारी पाउनेको संख्या १३५ जना रहेको छ । २० जनाले स्थाई रोजगारी पाएको उहाँले बताउनुभयो । कृषि क्षेत्र सुधारको क्षेत्रमा कार्यालयमार्फत विभिन्न कार्यक्रम कार्यान्वयनमा रहेको र मुख्य गरी स्याउ र ओखरको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो ।
यसैबिच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दार्चुलाका लागि ४ जना कर्मचारी माग भएको छ । दार्चुलाबाट ४ जना नायब प्राविधिक सहायकका लागि कर्मचारी माग गरिएकोमा २१५ जनाको आवेदन परेको छ । आवेदन दिएकाहरुको लिखित परीक्षा अगामी असोज २९ गते दार्चुलाको महेन्द्र नमुना माविमा परीक्षा हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया