दार्चुलाको सिप्टीमा बाटोबाट खसेर एकको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा बाटोबाट खसेर एक जनाको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको नौगाड गाउँपालिका–४ सिप्टीमा बाटोबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं प्रवक्ता राजेश शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मार्मा ६ पत्थरकाडा बुहारीको माइती घर गइरहेका बोहराको सिप्टीमा बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको र विस्तृतमा खबर प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?