हातहतियार बुझाउन दार्चुला प्रशासनको अनुरोध

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कार्तिक १५ गतेभित्र हातहतियार बुझाउन अनुरोध जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

अगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार कार्तिक १५ गतेभित्र नजिकैको प्रहरी चौकीमा वा सिधै जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा बुझाइएको हातहतियार निर्वाचन पश्चात हतियारधनीलाई नै फिर्ता गरिने बताइएको छ ।

गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना गरिएको दार्चुला प्रशासनले जनाएको छ ।

सायद 'नेपाल सरकार गृह मनवालय जिल्ला प्रशासन कार्यालय ९०९३-४२०२१४Ext प.सं २०७९/०८० (प्रशासन खलंगा, दार्चुला च.नं. २०७९।०६1१३ हातहतियार बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना आगामी २०७९ साल मंसिर o४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरिहत विश्वसनीय वातावरणमा सम्पन्न गर्नको लागी दार्चुला जिल्लाभित्र रहेका ईजाजतपत्र प्राप्त गरी राखिएका विभिन्न किसिमका हातहतियारहर निर्वाचन कार्य सम्पन्न भएपश्वात फिर्ता पाउने गरी मिति २०७९ कार्तिक गतेभित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय सोझै जिल्ला प्रहरी कार्यालय, दार्चुलामा बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ हेमन्ती सहायक प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी Web:daodarchula.moha.gov.np, सिर्जनशील प्रशासन @daodarchula, Facebook:daodarchula' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?