खलंगास्थित भट्ट जनरल स्टोरमा आगलागी, ८५ लाखको क्षति

दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगा महाकाली नगरपालिका–४ राधाकृष्ण चोकस्थित भट्ट जनरल स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको छ । बुधबार राती ९ बजेतिर भएको आगलागिबाट पसलमा भएका सबै सामानहरु जलेर ८५ लाखको क्षति भएको घरधनी तथा पसल सञ्चालक ललित प्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ७५ लाख बराबरको किराना समान, ५ लाख बराबरको फर्निचर र ५ लाख नगद पैसा जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विद्युतको लाइन सट भएर पसलमा आगलागी भएको हो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले अहिले बजार क्षेत्रमा करेन्ट लागेर हुने दुर्घटना कम गर्न एबिसी केवल जडान गरिरहेको जनाएको छ । लाइन जडानकै क्रममा हिजो मात्रै सोही आगलागी भएको घरमा विद्युतका कर्मचारीहरुले लाइन जडान गरिदिएको ललित भट्टका छोरा सुरेश भट्टले बताउनुभयो ।

दमकल, सुरक्षाकर्मी र स्थानीयले करिव १ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । पसलको सबै सामान जलेर नष्ट भएपछि मात्रै आगलागी नियन्त्रणमा आएको भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?