राष्ट्रपति भण्डारी असोज २७ गते दार्चुला आउदै

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक दार्चुला भ्रमणमा आउनुहुने भएको छ । यहि असोज २७ गते व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी दार्चुला आउने कार्यक्रम तय भएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो ।

व्यास गाउँपालिका, गाउँकार्यपालिका बैठकले गत साउन ९ गते राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । त्यसपछि व्यास गाउँपालिका अध्यक्ष, प्रवक्ता लगायत नेताहरुले समेत भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिएको बताउनुभएको छ । विहिबार राष्ट्रपति भवन सितलनिवासमा भएको शिष्टाचार भेटवार्ताका क्रममा आफुले राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणका लागि अनुरोध गरेको र उहाँले असोज २७ गते आउने जानकारी गराउनुभएको बताउनुभयो । व्यासमा टेलिकमको टावरसंगै राष्ट्रिय स्तम्भ निर्माण गरिएको छ ।

राष्ट्रपति भण्डारी भदौ अन्तिम वा असोज पहिलो साता व्यास भ्रमणमा आउने कार्यक्रम भएपनि विविध कारणले आउन नसकेको बताइएको छ । पछिल्लो समय भएको भेटमा असोज २७ गते भ्रमणमा आउने बताएसंगै राष्ट्रपति भण्डारीले व्यास क्षेत्रको भ्रमण गर्ने निश्चित भएको अध्यक्ष धामीले बताउनुभयो । यसअघि राष्ट्रपति भण्डारी पहिलोपटक राष्ट्रकै सातौँ धामका रुपमा परिचित मालिकार्जुन मन्दिरको भ्रमणमा २०७६ सालमा दार्चुला आउनुभएको थियो । राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी त्रिदेशीय सीमा क्षेत्र नजिक पुग्ने भएसंगै विशेष महत्तका साथ हेरिएको छ ।

सायद घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?