खलंगामा राष्ट्रिय युवा संघको चुनाव केन्द्रित प्रशिक्षण सम्पन्न, भोलि गोकुलेश्वरमा हुने

दार्चुला । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम शनिबार (आज) दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दार्चुलाले अगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको युवा संघ दार्चुलाका इन्चार्ज एबं एमाले जिल्ला कमिटी सदस्य कोमल बिष्टले जानकारी दिनुभयो ।

युवा संघ जिल्ला कमिटी दार्चुलाका अध्यक्ष अनिल ठगुन्नाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एबं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । दार्चुलाको प्रदेशसभा क्षेत्र (क) अन्तरगत खलंगामा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य उमेश खत्री लगायत नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठगुन्नाले युवाहरुलाई चुनाव केन्द्रित गतिविधि अगाडी बढाउन निर्देशन दिनुभयो । दार्चुलामा एमालेको विजय सुनिश्चित रहेको सन्देश लगेर गाउँघरमा परिचालित हुन नेताहरुले युवाहरुलाई प्रशिक्षण गरेका छन् । एमालेलाई विजयी गराउने जिम्मेवारी युवाहरुको काँधमा पनि रहेको नेता ठगुन्नाको भनाई छ ।

प्रदेशसभा क्षेत्र (ख) अन्तरगत राष्ट्रिय युवा संघ नेपालको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आइतबार गोकुलेश्वरमा आयोजना गरिने नेता हरदेब जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभा र दुबै प्रदेशसभा क्षेत्रमा एमालेको विजय सुनिश्चित हुने गरी गाउँघरमा खटिन र एमालेले जिल्लाको विकासका लागि गरेका कामबारे जनतालाई सुसूचित गराउन युवाहरुलाई प्रशिक्षण गरिएको नेताहरुले बताएका छन् ।

सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?