दार्चुलामा सुरक्षाकर्मीले भित्र्याए फूलपाती, शक्तिपीठहरुमा नवरात्रा,  भक्तजनको घुइचो

दार्चुला । दार्चुलामा सुरक्षाकर्मीहरुले आइतबार (आज) बिहान हर्ष बढाइँका साथ फूलपाती भित्र्याएका छन् । सदरमुकामस्थित नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसहितका सुरक्षाकर्मीहरुको टोलीले मोहतीस्थित भगवती शक्तिपीठबाट खलंगा बजार हुँदै आर्मी व्यारेकभित्र फूलपाती भित्र्याएका हुन् ।

फुलपाती लिन सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय बाजागाजा र दलबलसहित बाक्लो उपस्थिति थियो । त्यहाँ पुगेको टोलीले पूजा आराधनापश्चात फूलपाती लगेर गुरु गोरख गुल्मको आर्मी व्यारेकस्थित दसैंघरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेता कार्यकर्ता, संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दार्चुलाका अधिकासं शक्तिपीठमा घटस्थापनाको दिन देखिनै नवरात्रा बसेर सामुहिक जमरा राखिएको छ । मन्दिरहरुमा उमारेको जमरा गाउँभरी वितरण गरेर बडादशैंको दिन लगाउने गरिन्छ । कुनै कुनै गाउँमा भने घरमै जमरा राख्ने चलन पनि रहेको छ । नवरात्राको समयमा शक्तिपीठहरुमा भक्तजनको घुइचो लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?