दार्चुला । नेकपा (एमाले) दार्चुलाले जिल्ला, क्षेत्र र पालिका स्तरको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यहि असोज १४ गते जिल्ला सदरमुकाम खलंगामा एमाले पोलिटब्युरो सदस्य एबं जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिका इन्चार्ज, पालिका कमिटी अध्यक्षहरुको संयुक्त बैठक बसी निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गर्ने लगायत निर्वाचन लक्षित विभिन्न निर्णय गरेको हो ।
एमाले दार्चुलाका उपसचिव एबं प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालका अनुसार पोलिटब्युरो सदस्य एबं जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्नाको संयोजकत्वमा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी, पालिका इन्चार्ज र अध्यक्षहरु, निर्वाचित प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरु सम्मेलित जिल्ला निर्वाचन परिचालन तथा व्यवस्थापन बिशेष कमिटी गठन गर्ने निर्णय गरिएको छ । यस्तै प्रदेशसभा निर्वाचन परिचालनको लागि प्रदेश क्षेत्रको प्रतक्षतर्फको उम्मेदवारको संयोजकत्वमा सम्बन्धित भूगोलका जिल्ला कमिटी सदस्य, पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष सम्मेलित प्रदेशसभा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको छ ।
आसन्न निर्वाचनमा पालिका तहको निर्वाचन परिचालन तथा व्यवस्थापन कमिटी पालिका कमिटी इन्चार्जको संयोजकत्वमा गठन गर्ने निर्णय गरिएको छ । असोज २१ गते विहान ११ बजे जिल्लाका सबै पालिकाहरुमा एकैसाथ पालिका कमिटीको बैठक आयोजना र व्यवस्थापन गरेर वडा स्तरको निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको उपसचिव बडालले बताउनुभयो । एमाले दार्चुलाले मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न सबै नेता, कार्यकर्तालाई निर्देशन समेत जारी गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया