गोकुलेश्वरबाट देहिमाडौँतर्फ गइरहेको अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

दार्चुला । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल छन् ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मानसिंह पन्तले जानकारी दिनुभयो । गोकुलेश्वरबाट देहिमाडौँतर्फ गइरहेको अटो रिक्सा दुर्घटना भएको हो ।

महाअष्टमीमा यात्रु आज देहिमाडौैंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तीव्र गतिका अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?