दार्चुलामा चार लाख नगदसहित ११ जना जुवाडे पक्राउ

दार्चुला । दार्चुलामा चार लाख दुई हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । आज असोज १७ गते महाकाली नगरपालिका वडा नम्बर ४ तिन्करखेडा स्थित प्रेम सिंह बुढाथोकीले आफ्नो घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा हान्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट चार लाख दुई हजार नगरसहित ११ जना जुवाडे पक्राउ गरिएको जिप्रका दार्चुलाले जनाएको छ ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् । प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

चाडपर्वको समयमा जुवातास खेल्ने/खेलाउने गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवातास खेलाउने गरेको गुनासो आउने गरेको थियो । प्रहरीको सक्रियतामा ११ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?