निङ्गलाशैनी भगवती मन्दिरमा तीन सय राँगाको बलि

दार्चुला । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशुबलि सहित जात्रा सम्पन्न भएको छ । महासप्तमीका दिनदेखि शुरु भएको जात्रा पशुबलि पछि आज सम्पन्न भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा तीन सय राँगा र तीन सय बोकाको बलि दिइएको बताइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा बैतडीका शक्तिपिठमध्ये सबैभन्दा बढी पशुबलि दिने गरिन्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् ।

तस्बिरः सुरेश महराको फेसबुकबाट

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, जनावर तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?