प्रहरीको सक्रियतामा दार्चुलामा साढे चार लाख नगदसहित एकैदिन १९ जना जुवाडे पक्राउ

दार्चुला । दार्चुलामा चार लाख दुई हजार नगदसहित ११ जना जुवाडे एक ठाउँबाट र ५१ हजार सहित ८ जना दोस्रो ठाउँबाट गरी एकैदिन एक लाख ५२ हजार नगदसहित १९ जना जुवाडे पक्राउ परेका छन् । गयराती महाकाली नगरपालिका वडा नम्बर १ लास्कुबाट ५१ हजार बढी नगदसहित ८ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजै दिउँसो महाकाली नगरपालिका वडा नम्बर ४ तिकंरखेडास्थित प्रेम सिंह बुढाथोकीको घरबाट चार लाख दुई हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका थिए ।

जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा हान्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट चार लाख दुई हजार नगरसहित ११ जना जुवाडे पक्राउ गरिएको जिप्रका दार्चुलाले जनाएको थियो । त्यस्तै राती समेत ८ जना जुवाडे लास्कुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारीदेखि विभिन्न पेशाकर्मी समेत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीको सक्रियतामा एकैदिन १९ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरि अनुसन्धान भइरहेको बताइएको छ । विगतदेखि नै प्रहरीको मिलेमतोमा दार्चुला सदरमुकाम खलंगाका विभिन्न स्थानमा जुवाखेल हुने गरेको गुनासो आउने गरेको थियो । दशैंको समयमा रमाइलोका लागि जुवाखेलिएको पक्राउ परेकाहरुको बयान छ तर जुवातास खेल्नु खेलाउनु गैरकानुनी कार्य भएकोले कारवाहीको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दशैं र तिहारको समयमा हरेक बर्ष जिल्लाका विभिन्न स्थानमा जुवाखेल हुने गरेको गुनासो आउने गरेको छ । अवैध मदिराको सेवन र जुवातासजन्य गतिविधि गरे गराइएको पाइएमा प्रहरीलाई खबर गर्न र यस्ता कार्यमा संलग्न नहुन सबैलाई प्रहरीले अनुरोध गरिरहेको जिप्रका दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

चाडपर्व सुरक्षा अन्तरगत जुवातास र अवैध मदिरा नियन्त्रण, यात्रुहरुलाई सहजताका लागि प्रहरी परिचालन र विभिन्न सामाजिक समस्या न्यूनिकरणका लागि प्रहरीले योजना बनाएर सक्रियता बढाएको र जिल्लाभरी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
चाँडपर्वका बेला हुनसक्ने घटनालाई ध्यानमा राखेर दार्चुलामा विशेष सुरक्षा योजना लागु गेरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई पनि प्रभावकारी बनाइएको छ । ट्राफिक सहित नेपाल प्रहरीको चेकिङको व्यवस्था गरिएको र राजमार्गमा स्कर्टिङ, मोबाइल गस्ती, पैदलगस्ती परिचालन गरिएको बताइएको छ ।

जुवाजन्य खेलहरु, अवैध मदिरा, चोरी, सवारी दुर्घटना तथा यात्रुहरु ठगिने संभावना, बैक तथा बित्तीय संस्थाहरु उपर हुनसक्ने संभावित लुटपाटलाइ ध्यानमा राखेर पनि सुरक्षा ब्यवस्था कडा पारिएकोले ढुक्क भएर दशैं मनाउन सबैलाई प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?