दार्चुला । मासु घाँटीमा अड्किएर नेपालमा एकैदिन दुई जनाको ज्यान गएको छ । लमजुङमा मासु खाँदा घाँटीमा अड्किएर एक जनाको ज्यान गएको छ । राँगाको मासु खाँदा घाँटीमा अड्किएर लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका ४९ वर्षीय शम्शेर परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार राँगो काटेको र घरमा मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको थियो । चिकित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा परियारको ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकले बताउनुभयो ।
यस्तै मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।
सोमवार बेलुकी मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया