लास्कु बाढीले बेपत्तामध्ये थप एक जनाको शव भेटियो, आठ जनाको अवस्था अझै अज्ञात

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा भदौ २४ गते रातीको बाढीले बेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । १० जना बेपत्ता मध्ये महाकाली नगरपालिका वडा नम्बर ४ का विजय लुहारको दुई साता पहिले शव फेला परेको थियो । यस्तै गत साता सागर राम लुहारको जोलजिवि क्षेत्रमा एउटा खुट्टा फेला परेको थियो । फेला परेको खुट्टा आफन्तको जिम्मा लगाएर अन्तेष्टि गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

अझै महाकालीमा आठ जना बेपत्ता रहेको र उनिहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । लास्कु बाढीले ज्यान गुमाएका दुई जनाको शव घटना भएकै दोस्रो दिन फेला परेको थियो । अहिलेसम्म महाकालीमा चार जनाको शव भेटिएको छ । बेपत्ता आठ जनाको समेत जीवित भेटिने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गतेको बाढीका कारण महाकाली र नौगाड गाउँपालिकाका गरी दार्चुलामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । भने अझै आठ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?