कांग्रेश नेता गिरीले त्यागे पार्टी, फटाहहरुको चुरिफुरी समाप्त गरिदिन भगवानसंग प्राथना

दार्चुला । नेपाली कांग्रेश दार्चुलाका नेता गौरीशंकर गिरीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेश दार्चुलाका पूर्वमहाधिवेसन प्रतिनिधि एबं आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका आकांक्षि उम्मेदवार गिरीले प्रेस विज्ञप्तीमार्फत पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

पार्टीले इमानदार कार्यकर्ताको मूल्यांकन नगरेको र जिल्लामा गलत नेतृत्वका कारण लामो समयदेखि पार्टीमा काम गरेकाहरुको अवमूल्यन भएको उल्लेख गर्दै उहाँले बिचार मिल्ने फरक शक्तिसंग मिलेर राजनीतिक यात्रा अगाडी बढाउने बताउनुभएको छ । दार्चुला कांग्रेशका नेताहरुसंग चर्को असन्तुष्टि व्यक्त गर्दै उहाँले फटाहहरुको चुरिफुरी समाप्त गरिदिन भगवानसंग प्राथना समेत गर्नुभएको छ ।

कांग्रेश दार्चुलाका पूराना तथा प्रभावशाली नेता मानिने गिरीले पार्टी परित्याग गरेपछि त्यसको असर आसन्न मंसीर ४ गतेको निर्वाचनमा समेत पर्न सक्ने भन्दै विश्लेषण भइरहेको छ । विगतदेखि नै पार्टी नेतृत्वप्रति असन्तुष्ट उहाँले टिकट वितरणमा समेत अन्याय भएको भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

हेर्नुहोस गिरीले जारी गरेको प्रेस विज्ञप्ती

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?