खलंगामा माओबादी जिल्ला समन्वय समितिको बैठक सुरु

दार्चुला । नेकपा (माओवादी केन्द्र) दार्चुलाको जिल्ला समन्वय समितिको बैठक दार्चुला सदरमुकाम खलंगामा सुरु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित पार्टी कार्यालयमा बैठक सुरु भएको माओबादी केन्द्रका जिल्ला समन्वय समिति सचिव पदम राज पन्त प्रेमले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति पदाधिकारीसहित सदस्य, जनवर्गीय संगठन, मोर्चा र बिभागका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मन्चका पदाधिकारीहरुको सहभागिता रहेको छ । भोली प्रतक्षतर्फको उम्मेदवारी दर्ता र आसन्न निर्वाचनको तयारीका विषयमा केन्द्रीत भएर छलफल भइरहेको नेताहरुले बताएका छन् । बैठकमा प्रदेश सभा क्षेत्र नम्बर (ख) तर्फका गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी लगायत नेताहरुको आतिथ्यता रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?