एमाले दार्चुलाको निर्वाचन परिचालन कमिटी बैठक सुरु

दार्चुला । नेकपा (एमाले) दार्चुलाको निर्वाचन परिचालन कमिटीको बैठक दार्चुला सदरमुकाम खलंगामा सुरु भएको छ । दार्चुला बिकास संगठनको हलमा बैठक सुरु भएको एमाले जिल्ला कमिटी उपसचिव एबं प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

निर्वाचन परिचालन कमिटी संयोजक प्रेम सिंह धामीको अध्यक्षता र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यमा बैठक सुरु भएको हो । उक्त बैठकमा प्रदेशसभा (क) तर्फका उम्मेदवार हरदेब जोशी र प्रदेशसभा (ख) क्षेत्रका उम्मेदवार रामदत्त जोशी लगायतको आतिथ्यता रहेको छ ।

बैठकमा निर्वाचन परिचालन कमिटी, प्रदेश कमिटी सदस्य सबै, जिल्ला कमिटी सबै, जिल्ला सल्लाहकार परिषद सबै र सबै पालिका कमिटीका अध्यक्षहरुलाई सहभागिता रहेको उपसचिव बडालले बताउनुभयो ।

एमालेले यसअघि यहि असोज १४ गते जिल्ला सदरमुकाम खलंगामा बैठक बसी निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गर्ने लगायत निर्वाचन लक्षित विभिन्न निर्णय गरेको थियो । आजको बैठकमा भोलि प्रतक्षतर्फको मनोनयन दर्ता गर्ने तयारी र आसन्न निर्वाचन विशेष रणनीतिबारे गहन छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?