नेकपा (एकीकृत समाजवादी) दार्चुलामा एक्लै लड्ने

दार्चुला । सत्तारूढ गठबन्धन आवद्ध नेकपा (एकीकृत समाजवादी) दार्चुलामा एक्लै लड्ने भएको छ। नेकपा (एकीकृत समाजवादी) दार्चुला जिल्ला कमिटीको आज बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको टुंगो लगाएको नेतृ रूक्मणी जागरीले जानकारी दिनुभयो ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा गणेशकुमार जोशीलाई उम्मेदवार बनाउने निर्णय गरिएको उहाँले बताउनुभयो । यस्तै प्रदेशसभा क्षेत्र (क) तर्फ प्रतामराम वड र प्रदेशसभा (ख) तर्फ नेकपा (एकीकृत समाजवादी) दार्चुला जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

दार्चुलामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू, प्रदेशसभा (क) क्षेत्रमा कांग्रेसकै बिक्रमसिंह धामी र प्रदेश (ख) क्षेत्रमा माओवादी केन्द्रका नेता मानबहादुर धामीले टिकट पाउनुभएको छ । यस्तै एमालेको तर्फबाट प्रतिनिधिसभामा नेता गणेशसिंह ठगुन्ना, प्रदेशमा (क) मा हरदेब जोशी र (ख) मा रामदत्त जोशीले टिकट पाउनुभएको छ । राप्रपाबाट प्रतिनिधिसभामा नरेन्द्र धामी र स्वतन्त्रबाट प्रदेशसभा (क) तर्फ शंकरसिंह धामीले समेत उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?