दार्चुलामा ३ जनाको उम्मेदवारी फिर्ता, प्रतिनिधिसभाका ९ सहित १८ उम्मेदवार मैदानमा

दार्चुला । दार्चुलामा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका तीन जना उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ र २ मा ६/६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकोमा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेश बिपिका राजेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका बिरबहादुर ठगुन्ना र स्वतन्त्र उम्मेदवार बहादुर सिंह धामीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

अब प्रदेशसभा क्षेत्र नम्बर १ मा ५ जना र क्षेत्र नम्बर २ मा ४ जना मंसीर ४ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नौँ जनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । प्रदेश र प्रतिनिधिसभामा गरी दार्चुलामा २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेकोमा अब १८ जना मात्रै चुनावी मैदानमा रहेका छन् । तीन जनाले उम्मेदवारी फिर्ता गरेसंग उनिहरु चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

दार्चुलाका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देववहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभा क्षेत्र (क) मा नेकपा एमालेको तर्फबाट हरदेब जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र (ख) मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।

आजसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने समय रहेकोमा दार्चुलाबाट प्रदेशसभातर्फका तीन जनाको मात्रै उम्मेदवारी फिर्ता भएको र १८ जना चुनावी मैदानमै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?