दार्चुला । चुनाव आउन अब ३५ दिन मात्रै बाँकी छ। एमाले र गठबन्धनको जिल्लाभरी प्रचारप्रसार अभियान जारी रहेको छ । आसन्न निर्वाचन लक्षित प्रचारप्रसारको क्रममा गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रमसिंह धामीको टिम ब्रह्मदेव, धारी, हिकिला, पिपलचौरी, हुति, धौलाकोट, सुनसरा हुदै सिना पुगेको छ । प्रचारप्रसारमा जनताको उत्साह जनक सहभागिता रहेको नेताहरुले बताएका छन् । भेटघाटका क्रममा मन्त्री बडूले संबिधान, लोकतन्त्रको रक्षा र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
गठबन्धनका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवारवार मानबहादुर धामी नेतृत्वको प्रचारप्रसार टोली शैल्यशिखर नगरपालिकामा रहेको छ । आज शैल्यसिखर नगरपालिका कै सुन्दरवस्ती, देथला, रौत्यौडा लगायत टोलहरुमा टोल भेला सम्पन्न भएको छ। भेलाका क्रममा एमाले शैल्य शिखर नगरपालिका प्रचारप्रसार संयोजक लक्ष्मण दत्त विष्ट, वडा नं ०२ टोल कमिटी सदस्य हरु प्रेम ओड, दान सिंह ओड, नवराज ओडले नेकपा माओवादी केन्द्र मा प्रवेश गरेको बताइएको छ । यसैबिच नेकपा (माओवादी केन्द्र) लेकम गाउँपालिका को पालिका कमिटी बैठक वडा नम्बर ५ रिठचौपातामा पार्टी अध्यक्ष उमाकान्त विष्टको अध्यक्ष्यतामा सम्पन्न भएको छ । माओबादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी को प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा सरकार सन्चालनमा पार्टी नेतृत्व को समिक्षा र अगामी निर्वाचन लक्षित रणनीति तय गर्ने एजेण्डा माथि छलफल गरी टुंगिएको पालिका कमिटी सचिव तारा सिंह बोहराले जानकारी दिनुभयो ।
एमालेको प्रचारप्रसार
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा नेकपा एमालेको चुनावी अभियान जिल्लाभरि भइरहेको छ । एमालेका उम्मेदवारहरु गाउँ गाउँ पुग्न थालेका छन् । गाउँ पुगेका उम्मेदवारलाई स्थानीयले भव्यरुपमा स्वागत गरिरहेका छन् । शुक्रबारबाट सुरु भएको एमालेको चुनावी प्रचार अभियान दुई टोलीमा बाडिएर प्रचारप्रसारमा खटिएको छ । मालिकार्जुन धामबाट सुरु भएको प्रचार अभियान अन्तर्गत प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली प्रदेशसभा क्षेत्र नम्बर २ मा खटिएको छ । शैल्यशिखर नगरपालिका बगौरामा भएको कार्यक्रममा शुक्रबार वडा नम्बर ५ का पूर्ववडाअध्यक्षसहित ४४ जनाले प्रवेश गरेका थिए । प्रचारप्रसारको कार्यक्रम अन्तर्गत शनिबार शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा एमाले उम्मेदवारले घरदैलो गरेका छन् ।
प्रतिनिधिसभाका उम्मेदवार गणेशसिह ठगुन्नाले भन्नुभयो, अपवित्र गठबन्धन जनताले रुचाएका छैनन् । अहिलेको गठबन्ध मननपरेकै कारण गाउँ गाउँमा अहिले पनि एमाले प्रवेश गर्नेको लहर चलेको छ । रानिशिखरमा भएका भेटघाटको क्रममा ठगुन्नाले आफुले दुई पटक सांसद हुँदा गरेका कामहरु स्मरण गर्दै अधुरा कामहरु पूरा गर्न फेरि एकपटक जनताको साथ आवश्यक रहेको बताउनुभयो । यस्तै एमाले प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीले आफुलाई मतदान गरि प्रदेशसभा निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, यो क्षेत्रको विकास एमालेले मात्र गर्न सक्छ भन्ने देखिएको कुरा हो । अरु दलका उम्मेदवार विकासभन्दा पनि कमिशनमा लागेका छन् । जिल्लाको विकासको लागि प्रदेश र प्रतिनिधिसभाका एमालेका उम्मेदवारको विजय आवश्यक रहेको उहाँको भनाई छ ।
रानिशिखरमा भएको कार्यक्रममा पूर्वप्रधान विरभान ठगुन्ना, भरतसिह ठगुन्ना, अमरसिह ठगुन्ना आफ्नै घर एमालेमा फर्किएको बताइएको छ । यस्तै नेपाली काग्रेस परित्याग गरि राजेन्द्रसिह ठगुन्ना र कृष्णसिह ठगुन्नाले एमाले प्रवेश गररेका छन् ।
यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली व्याँस गाउँपालिका २ माल हुँदै दुम्लींग पुगेको छ । घरदैलो कार्यक्रममा अन्तर्गत जोशीसँगै एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकी अभियानमा सहभागि छन् । एमालेका युवा नेता जोशी पहिलो पटक निर्वाचनमा होमिएका हुन् । दुई पटक केपीशर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा काम गर्नुभएका जोशी चुनावमा होमिएका हुन् । केपी ओलीको नेतृत्वले दार्चुलाको आफ्नो निर्वाचन क्षेत्रको भूगोल बढाउने गरी नक्सा जारी गरेको भन्दै उहाँले भन्नुभयो, अब नक्सामात्र नभई भूगोल फिर्ताको लागि आफु जिल्लाबाट उम्मेदवार बनेको हु । एमालेको सरकार आएमात्रै भूगोल फिर्ताको लागि पहल गर्न सक्छ, उहाँ भन्नुहुन्छ, मेरो क्षेत्र पनि यहि भएको कारण मैले प्रत्यक्ष रुपमा यो मुद्धा एकपटक फेरि चर्चामा ल्याउछु । यस्तै एमालेले जिल्लाभरी चुनावी अभियानलाई तिव्रता दिएको छ । एकैसाथ सबै क्षेत्रमा पार्टीका गतिविधि अघि बढाउने गरी कार्यकर्ता परिचालन गरिएको एमाले जिल्ला कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो । स्थानीय तहमा निकालेको नतीजामा थप मतदाता थप्ने गरी तयारी भइरहेको उहाँको भनाई छ ।
यसैबीच अपिहिमाल गाउँपालिकामा धर्मानन्द मन्याल, उमेशसिह खत्री लगायतको टोलीले भेटघाट गरेका छन् । अपिहिमालमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मानन्द मन्यालको अध्यक्षमा मूल प्रचारप्रसार कमिटी गठन भएको छ । अपिहिमालमा आइतबारबाट वडास्तरमा भेटघाट तथा चुनावी प्रचारप्रसार अभियान सुरु हुने छ । यस्तै मार्मा गाउँपालिकामा कृष्णसिह धामी नेतृत्वको टोलीले वडा नम्बर १ मा कार्यकर्ता भेटघाट अभियान थालेको एमाले दार्चुलाले जनाएको छ । लेकम गाउँपालिकामा प्रदेश कमिटी सदस्य इन्द्रसिह विष्ट नेतृत्वमा चुनावी प्रचारप्रसारको काम सुरु भएको छ । निर्वतमान गाउँपालिका अध्यक्ष एबं एमाले लेकम गाउँपालिका इन्चार्ज प्रमानन्द जोशीको कमाण्डमा लेकममा प्रचारप्रसार भइरहेको बडालले बताउनुभयो ।
लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा आज प्रदेश कमिटी सदस्य दानिराम पार्की, इन्द्र बिष्ट, जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशी, जिल्ला कमिटी सदस्य केशवराज बिष्ट लगायतको उपस्थितिमा वडास्तरीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको लेकम गाउँपालिका वडा नम्बर १ का एमाले वडाकमिटी अध्यक्ष गणेशसिंह बिष्टले जानकारी दिनुभयो । गणेशसिंह साउद संयोजक र अमरसिंह कार्की सहसंयोजक रहने गरी ३५ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरिएको वडा कमिटी अध्यक्ष बिष्टले बताउनुभयो । दुहुँ गाउँपालिकामा आइतबार पालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिने पालिका कमिटी अध्यक्ष जंगबहादुर बमले जानकारी दिनुभयो । उम्मेदवार र नेता कार्यकर्ताहरु प्रचारप्रसारमा खटिएका छन् ।
प्रमुख राजनीतिक दलले चुनाव केन्द्रित अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारी दर्तासँगै जिल्ला पुगेका उम्मेदवार र नेताहरु भेटघाट र कार्यक्रममा केन्द्रित छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् । दार्चुलामा प्रदेशसभातर्फ ९ र प्रतिनिधिसभातर्फ ९ गरी १८ उम्मेदवार चुनावी चैदानमा छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया