दार्चुला । चुनाव आउन अब ३५ दिन मात्रै बाँकी छ । आसन्न निर्वाचन लक्षित प्रचारप्रसारको क्रममा गठबन्धनका दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रमसिंह धामीको टिम दुहुँ गाउँपालिका र व्यास गाउँपालिका हुँदै दार्चुला सदरमुकाम खलंगा फर्किएको गठबन्धनको जिल्ला प्रचारप्रसार समिति सहसंयोजक जमनसिंह धामीले जानकारी दिनुभयो । भेटघाटका क्रममा मन्त्री बडूले संबिधान, लोकतन्त्रको रक्षा र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह गरिरहनुभएको छ ।
गठबन्धनका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवारवार मानबहादुर धामी नेतृत्वको प्रचारप्रसार टोली शैल्यशिखर नगरपालिकामा रहेको छ । आज शैल्यसिखर नगरपालिका वडा नम्बर १ थलामा जनतासंग भेटघाट गरेको बताइएको छ । भोलि गोकुलेश्वरमा वाइसियल, अखिल क्रान्तिकारी, नेबिंसंघ र तरुणदलको संयुक्त भेलाको आयोजना गरिएको छ ।
प्रमुख राजनीतिक दलहरुसंगै स्वतन्त्र उम्मेदवारले समेत चुनाव केन्द्रित अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारी दर्तासँगै जिल्ला पुगेका उम्मेदवार र नेताहरु भेटघाट र कार्यक्रममा केन्द्रित छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् ।
दार्चुलामा प्रदेशसभातर्फ ९ र प्रतिनिधिसभातर्फ ९ गरी १८ उम्मेदवार चुनावी चैदानमा छन् । निर्वाचन आउन ३५ दिनमात्रै बाँकी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया