दार्चुला । अहिलेको चुनाव चुनाव मात्रै नभएर एउटा मान्दोलन भएको कांग्रेश नेता एबं उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको भनाई छ । संविधानमै व्यवस्था नभएको कदम चालेर दुई–दुई पटक संसद् भंग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाहा विरुद्ध बामलोकतान्त्रिक गठबन्धनको जन्म भएको मन्त्री बडूले बताउनुभयो ।
लेकम गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले देशको संबिधान जोगाउन र विकासका लागि गठबन्धनलाई जिताउनु आवश्यक रहेकोमा जोड दिनुभयो । संबिधानमाथि खतरा कायमै रहेकोले यो गठबन्धन बनेको उहाँको भनाई छ । साथै उहाले आफु मन्त्री भएपछि समग्र देशको विकासका लागि काम गरेको दाबी गर्नुभयो । २०४८ सालपछि कांग्रेशले जिल्लाको विकास गरेको बडूको भनाई छ । फेरी दुई बर्षमै संसद बिगठन गर्न तपाइलाई किन भोट दिने भनेर एमाले नेता गणेश ठगुन्नालाई प्रश्न गरिदिन उहाँले आफ्ना कार्यकर्तासंग अनुरोध समेत गर्नुभयो ।
एमाले नेता गणेश ठगुन्ना संसद विगठन गरेपछि मन्त्री भएको भन्दै संसद छदासम्म किन मन्त्री नभएको भन्दै प्रश्न गर्न कार्यकर्तालाई बडूले आग्रह गर्नुभयो । स्थानीय तहमा नेपाली कांग्रेश हार्नुको कारणबारे पार्टीभित्र समिक्षा भइसकेको भन्दै अब सबै समस्या समाधान भइसकेको मन्त्री बडूको भनाई छ ।
आफुले उद्योग मन्त्रालय सम्हाले पछि जिल्लाका विभिन्न स्थानमा खाद्य डिपोहरु संचालनमा आएको, नेपाल भारत जोड्ने मोटरेबल पुलको शिलान्यास भएको, दार्चुलाको च्याग्रा काठमाण्डौमा बिक्रि भएको, उद्यामीलाई प्रविधि हस्तान्तरण गरिएको र यस्ता धेरै काम गर्न एक पटक गठबन्धनलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।
प्रचारप्रसार तथा कार्यकर्ता भेटघाटको अवसरमा चौपातामा आयोजित कार्यक्रममा बोल्दै प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले यो पटक आफुहरुलाई जिताउन आग्रह गर्नुभयो । यसपटक जित्न नसके कांग्रेशलाई सबैभन्दा पहिले माओबादीले लात हान्ने उहाँको भनाई छ । ०६४ र ०७० मा विकासप्रेमी नेता दिलेन्द्र बडू उठ्दा चुनाव हार्नुभयो, त्यागि नेता भन्दाभन्दै २०७४ मा मैले पनि चुनाव हारे, उहाँले भन्नुभयो, अहिले विकासप्रेमी र त्यागी दुबैजना चुनावी मैदानमा छौँ, दुबैजना उठेको बेला जित हुन्छ भन्नेमा ठुक्क छौँ ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दिलेन्द्र प्रसाद बडू र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष एबं माओबादी नेता जमनसिंह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, कांग्रेश नेता मदन गिरी लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो । कांग्रेशको मुल प्रचार टोली बुधबार चौपाता हुँदै रातामाटा प्रस्थान गरेको छ ।
गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार मानबहादुर धामी नेतृत्वको टोली मार्मा क्षेत्रको कार्यकर्ता भेटघाट तथा प्रसारप्रसार गरिरहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया