दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुर भिटाच्युरा बस्ने एक युवाको भिरबाट लडेर ज्यान गएको छ । ३१ वर्षीय जयदेब जोशीको अम्कुर र गराडी गाउँको बिचमा पर्ने लिसिनि भिरबाट खसेर मृत्यु भएको हो ।
शुक्रबार (आज) विहानै डोका ल्याउन लेकम गाउँपालिका वडा नम्बर २ गराडी जान्छु भनी हिडेका जोशी लडेर भिरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् । कलिलै उमेरमा आमा गुमाएका जोशीको अल्पायुमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको छ ।
बेरोजगारीका कारण भारतमा काम गरेर जीविकोपार्जन गर्दै आएका जोशीको परिवारमा आशाको दियो निभेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो । अहिले मृतकको उद्दार कार्य भइरहेको छ । मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया