बिक्रम धामीको टोली मालिकार्जुनमा, मन्त्री बडू र धामीको टोली शैल्यशिखरमा प्रचार गर्दै

दार्चुला । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रचारप्रसार एवं घरदैलो कार्यक्रम अन्तर्गत लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोलीले आज शैल्यशिखर नगरपालिका क्षेत्रमा गाउँबस्ती भेटघाट कार्यक्रम गरेको छ । हिजो लेकमहुँदै गोकुलेश्वर पुगेको टोलीले आज शैल्यशिखरका विभिन्न गाउँबस्तीमा भेटघाट गरेको हो ।

बन्तोलीमा कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री बडूले संबिधान जोगाउन गठबन्धनले जित्नैपर्ने बताउनुभयो । “यो सामान्य चुनाव हैन, यसरी बुझ्नुपर्छ, बडूले भन्नुभयो, सामान्य चुनाव होइन मैले किन भने भन्दाखेरी सामान्य चुनाव भइदिएको भए हामी अलगअलग पार्टी आउथ्योन त भोट भाग्नलाइ, कांग्रेशले कांग्रेशको चार तारे झण्डा मात्रै ल्याउथ्यो, एमाले छुट्टै आउथ्यो, माओबादी जनमोर्चा कोही भए छुट्टै आउथ्यो होला, आफ्नो आफ्नो पार्टीका लागि भोट माग्थ्यो होला । हामी जय नेपाल भनिराछौँ लालसलाम भनिराख्याछौँ, यो एउटा विशेष अवस्था हो सामान्य अवस्था हैन । यो किन भयो त तपाइहरुलाई थाहा छ यसअघि एमाले र माओबादीले संगै मिलेर चुनाव लडेका थिए । यो संबिधान आएपछि दोस्रो चुनाव हो यो पहिलो चुनावमा एउटा गठबन्धन बन्यो, अहिले अर्को गठबन्धन बन्यो, केपी ओलीले संबिधान मिच्न थालेपछि अहिलेको गठबन्धन बनाउनुपरेको र यो राष्टको आवश्यकता रहेको उहाँको भनाई छ।”

मन्त्री बडूले संबिधानको रक्षाका लागि गठबन्धन बनाउनुपरेको हरेक कार्यक्रममा बताउदै आउनुभएको छ । तर संबिधान बचाउन भन्दै गत महिनासम्म गठबन्धनमै रहेका केही दलहरु एमालेसंग मिलेर चुनाव लडिरहेका छन् । बडूले जिल्लाको विकास भन्दा पनि बढी प्राथमिकता र जोडका साथ संबिधानको रक्षाको कुरा दोहोर्याइ तेहर्याइ उठाउदै आइरहनुभएको छ । अहिलेको चुनाव चुनाव मात्रै नभएर एउटा मान्दोलन भएको कांग्रेश नेता बडूको भनाई छ । संविधानमै व्यवस्था नभएको कदम चालेर दुई–दुई पटक संसद् भंग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाहा विरुद्ध बामलोकतान्त्रिक गठबन्धनको जन्म भएको मन्त्री बडूले बताउनुभयो ।

यसैबिच प्रदेश सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेश महासमिति सदस्य बिक्रम सिंह धामीले आज मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ बसेडीमा स्थानीय संग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । भेटघाट कार्यक्रममा मालिकार्जुन ३ बसेडीका स्थानीयले स्नेहका साथ न्यानो आतिथ्यता दिएको र यसपटक प्रदेशसभा सदस्यमा बिक्रम धामीलाई यस क्षेत्रमा उम्मेदवारको रूपमा पाँउदा जनता उत्साहित भएको लोकतान्त्रिक बाम गठबन्धन प्रदेशसभा क्षेत्र नम्बर १ चुनाव प्रचारप्रसार समिति संयोजक मदन गिरीले बताउनुभयो ।

कोण सभामा आफ्नो धारण राख्दै मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिह धामीले मालिकार्जुन मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना गरेर मालिकार्जुन गाउँपालिकालाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न नेता बिक्रमसिंह धामिले अहम् भुमिका खेलेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रमसिंह धामीले आफुले अहिलेसम्म निस्वार्थ, ईमान, निष्ठाको राजनीति गरेको हुँदा कसैको जस्तो आफू वैकल्पिक बाटो प्रयोग गरेर चुनाव जित्ने पक्षमा नरहेको बताउनुभयो । साथै सु–संस्कृत, मर्यादित राजनीति बनाउन, दार्चुलाको सर्वाङ्गिण बिकास गर्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं निवर्तमान मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, क्षेत्रीय सभापति मन्दीर सिह धामी, पालिका सभापति किसन सिह धामी, महाधिवेशन प्रतिनिधि केशर सिह भण्डारी लगायत अन्य नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

सायद ८ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, रूख तथा घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?