दार्चुला । दार्चुलामा टेक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा टेक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक जना आगरका स्थानीय र एक जना चौधरी थरका चालक रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया