दार्चुलामा राती ८ बजेपछि देउसी भैलो खेल्न नपाइने

दार्चुला । दार्चुलामा रातीको समयमा देउसी भैलो खेल्न नपाइने भएको छ । तिहारको अवधिमा राती ८ बजेपछी जिल्ला भित्र देउसी भैलो खेल्न नपाइने भएको होे ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार एक सूचना जारी गरेर राती ८ बजे पछि देउसी भैलो खेल्नमा रोक लगाएको हो । विभिन्न घटना घट्न सक्ने भएकाले ८ बजेपछि देउसी भैलौमा रोक लगाएको बताइएको छ । अपराधिक गतिविधि हुनसक्ने भएकोले चाडवर्प लक्षित सुरक्षा योजना अन्तरगत समयसीमा तोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । तिहारका बेला भारतबाट पटाका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थ भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

व्यापार, व्यवसायीहरुले अखाद्य बस्तुहरुको उत्पादन, बिक्रिवितरण, अस्वभाविक मूल्यबृद्धि, कालोबजारी जस्ता गैरकानूनी क्रियाकलाप नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । स्वच्छ रुपमा आपूर्ती प्रणालीलाई नियमित गरि बजार व्यवस्थापन गर्न, अखाद्य समाग्रीको बिक्री वितरण नगर्न, पटाका भुइचम्पा जस्ता अतिसबाजी जस्ता राज्यले निषेध गरेका बिष्फोटक पदार्थहरुको बिक्री वितरण नगर्न पनि प्रशासनले सूचना मार्फत आग्रह गरेको छ ।

यस्तै तिहारलाई लक्षित गरेर शान्ति सुरक्षा मजबुत बनाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । तिहारमा जुवातास खेल्ने खेलाउने कार्यसमेत बन्द गरिएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?